धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

रानी जमरा कुलरिया नहर फुट्यो जानकी गाउँपालिका टिकापुर खतरामा

रानी जमरा कुलरिया नहर फुट्यो जानकी गाउँपालिका टिकापुर खतरामा

धनगढी । कर्णाली नदीमा आएको अत्याधिक बाढीका कारण रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तरगत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका पुरै जोखिममा परेको छ । नहर फुटेपछि अहिले ५०÷६० घर डुवान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ । तर कर्णालीमा पानीको अत्याधिक बहाव हुँदा नहर का थ्रेटर पुर्न समस्या भइरहेको उनले बताए । सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

यसै गरी टिकापुर स्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका५ शाहीपुरमा कर्णाली नदीले तट्बन्धन बगाएको हो । तट्बन्धन बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

मंगलबार साढे १ बजे तिर तट्बन्धन बगेपछि कर्णाली नदी शाहीपुर गाउँ पसेको प्रबक्ता विष्टले बताए । कर्णालीले तट्बन्धन बगाउँदा टीकापुरका वडा नम्बर, , , ८ र ९ मा प्रभाव पर्ने देखिएको छ । नदी गाउँमा पसेपछि प्रभावित हुन सक्ने नागरिकलाई सचेत गराउने काम जारी रहेको उनले बताए । टिकापुरमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएके उनले बताए ।