धनगढी पोष्ट
मङ्गलबार, ०२ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । बझाङ जिल्ला स्थित थलारा गाउँपालिकामा पहिरो जाँदा २४ जना बेपत्ता भएका छन् । थलारा गाँउपालिका– ४ डिख्लामा मंगलबार पहिरो जादा २४ जना बेपत्ता भएका स्थानीयले जनाएका छन् । बेपत्ता हुनेमा एउटै परिवारका १८ जना रहेको जनाइएको छ ।
तर त्यसको पुष्टि भने हुन सकेको छैन । समाचार श्रोतका अनुसार स्थानीय गगने सार्कीको घरमा पहिरो जाँदा घरमा रहेका १८ जना वेपत्ता भएका हुन् त्यसैगरी सोही ठाउँका नरे पार्कीका घरमा पहिरो जाँदा ६ जना वेपत्ता भएका हुन् ।
पहिरोका कारण थलारा –४ स्थित तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भएका र स्थानीय त्रिभुवन मा.वि महेन्द्रधारमा सुरक्षित बसेको छन् ।
गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको बुझिएको छ । यस विषयमा थप जानकारी लग्न खोज्दा बझाङका सवै सुरक्षा निकायको फोन स्वीच अफ रहेको छ ।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । यस्तै गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् ।