धनगढी पोष्ट
मङ्गलबार, ०२ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रीपरिषद स्तरिय बैठक सकिएको छ । बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका ९ वटै जिल्लामा तत्कालका लागि २५÷२५ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री पुर्ण जोशीले बताइन् । ‘क्षेतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्नेनैछ,’ मन्त्री जोशीले भनिन्,’ तत्कालका लागि सवै जिल्लालाई २५÷२५ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।’ प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालिन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुने छ । यसै गरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय समेत गरेको छ ।