धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिमका पहाडी जिल्ला सम्पर्क विहीन

सुदूरपश्चिमका पहाडी जिल्ला सम्पर्क विहीन

धनगढी । लगातारको बर्षाका कारण सुदूरपशिचम प्रदेशका ७ वटा पहाडी जिल्ला सम्पर्क विहिन बनेका छन् । पहाडी जिल्लामा विद्युत सेवा पूर्ण रुपमा अबरुद्ध बनेको छ भने, सञ्चार सेवा समेत प्रभावित बनेको छ । नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जंगबहादुर चन्दका अनुसार कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको १ सय ३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो । सो ट्रान्सिमिसन लाईन तत्काल मर्मत गर्न असम्भव रहेका कारण पहडी क्षेत्रमा तत्काल विद्युत प्रशारण गर्न सम्भव नरहेको उनले बताए । १ सय ३२ केभी प्रसारण लाइन तत्काल पुनर्निमाण गर्न असम्भव छ प्रदेश प्रमुख चन्दले भने,‘अहिले ३३ केभी प्रसारण लाईन कनेक्ट गरेर बिद्युत प्रवाह गर्ने प्रसायभ इरहेको छ, मौसममा समस्या देखिएका कारण लाइन निर्माणमा समस्या भइरहेको छ ।

लगातारको बर्षा पनि टेलिकमका टावर चार्ज हुन नपाएर बिटिएस प्रणाली डाउन हुँदा प्रदेशका ७ वटै पहाडी जिल्लामा सञ्चार सेवा समेत अबरुद्ध बनेको छ । विद्युत नहुँनु र सोलारबाट चार्ज हुने टावर तीन दिन देखी चार्ज हुन नपाएका कारण विटिएस प्रणाली डाउन भई पहाडी जिल्लामा नेटवर्क समस्या देखिएको नेपाल टेलिकमका क्षेत्रिय निर्देशक नामाकर न्यौपानेले बताए । खाँनीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट बञ्चित भएका हुन ।

टेलिफोन र बिजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, वझाङ, बैतडी, र दार्चुला सम्पर्कविहीन भएका छन् । पहाडी जिल्लामा सञ्चार विच्छेद हुँदा बर्षाबाट भएको क्षेतिको विवरण संकलन गर्न समेत समस्या भएको छ ।