धनगढी पोष्ट
सोमबार, १५ असार २०७७ मा प्रकाशित
कोरना कहरका बिचमा नेपाली कांग्रेस कैलालीले सुरु गरेको एक महिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल अभिमुखिकरण २६ औ शृङ्खला पार गर्दै आईतबार समापन गरिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा शशांक कोइराला र विशिष्ट अतिथी केन्द्रीय निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल रहेका थिए ।
एक महिने अभिमुखिकरण कार्यक्रममा कोभिड १९ युवा भबिष्य, समसामयिक राजनिती र संशोधित बिधान नियमावली, मुलुकको अर्थतन्त्र यथार्थ र चुनौती, हाम्रो अर्थ ब्यवस्था बजेट र युवाहरुको भुमिक, एमसिसी र यसका बिबिध आयाम, बर्तमान सगठनको भुमिका र भबिष्यको मार्ग चित्र, सगठनको रुपान्तरणमा सुचना तथा सचार प्रबिधिको अनिबार्यता, कोभिड १९ हिजो आज र भोली लगायतका बिषयमा सम्वाद तथा छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरु गगन थापा, रमेश लेखक, प्रदिप गिरी, प्रदिप पौडेल, धनराज गुरुङ, मीन बिश्वकर्मा सहित उदय शम्शेर राणा, डा प्रभु बुढाथोकी, डा आरजु देउवा, डा शेर बहादुर पुन, योग गुरु लबदेब मिश्र लगायतकाले अनुशिक्षण गराएका थिए ।
यो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला, , क्षेत्रीय, प्रदेश, नगर गाउँ र वार्ड, निर्वाचित र विभिन्न समयमा उम्मेद्वार भएका र पार्टिका भातृ तथा शुभेछुक सस्थाका प्रमुख तथा कार्य समिती र विभिन्न अन्य जिल्ला र बिदेश समेतका सहभागी रहेका थिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको आयोजनामा भएको यस कार्यक्रममा लोकेन्द्र मोहन फाउन्डेसनले प्रायोजन र समन्वय गरेको थियो । कार्यक्रममा स्वागत तथा बिषय बस्तुमा प्रबेश नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाहले गरेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति प्रकाश बहादुर बम र सचालन जिल्ला कार्य सम्पादन समितिका सदस्य तथा निर्बतमान प्रशिक्षण शाखाका प्रमुख नृप बहादुर सुनारले गरेका थिए ।