धनगढी पोष्ट
बुधबार, ०३ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । अबिरल बर्षा संगै सुदूरपशिचममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ ।
मंगलबार मौसम अनुकुल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसंगै बैतडी र बझाङ स्थित बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको प्रदेस सरकार आन्तरिक मामिला तथा कानून मन्त्री पुर्ण जोशीले बताइन् । प्रदेश सरकारकी प्रबक्ता समेत रेहेकी मन्त्री जोशीले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने बताइन् ।
‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भनिन्,’ केही स्थानमा हिजो देखी मानिस फसेको भन्ने जानकारी आएको छ, ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।’