धनगढी पोष्ट
बुधबार, ०३ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । माछामार्न कर्णाली नदीमा जाँदा पेवत्ता भएका कैलालीको लक्मीचुहा नगरपालिकाका ३ जनाो शकुशल उद्धार गरिएको छ । वेपत्ता तीनै जनालाई कैलालीको जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट उद्दार गरिएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । सोमबार माछा मार्न गएका लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर दुई दिन सम्म सम्पर्क विहीन बनेका थिए । कणालीमा नदीको बहाब बढ्दै जाँदा तीनै जना टापुमा फसेको पाइएपछि बुधबार तीनै जनाको उद्धार गरिएको हो ।