धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिममा बाढीपहिरोमा परी २५ जनाको मृत्यु २२ वेपत्ता, ८७ पशु चौपाया मेर

सुदूरपश्चिममा बाढीपहिरोमा परी २५ जनाको मृत्यु २२ वेपत्ता, ८७ पशु चौपाया मेर

धनगढी । आइतबारदेखि भएको वेमौसमी बर्षाका कारण आएको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी पहिरोमा परेर २२ जना वेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका ८, बैतडीकामा ४ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा डोटीको जोरायल गाउँपालिका३ का ११ बर्षिय आशिष कुन्जेडा र १४ बर्षिय सागर कुन्जेडा रहेका छ्न । बाढी पहिरोमा परेर डोटीकै सायलका ६३ बर्षिय जोगी सार्की, ४२ बर्षिय शेर बहादुर विक, मोहन बि.क, १३ बर्षिया पबित्रा बि.क, १६ बर्षिया रबिन बि.कको पनि बाढी पहिरोमा परेर मृत्यु भएको छ । यसैगरी डोटीकै शिखर नगरपालिका११ की ३६ बर्षिया मन्धरा बलायरको मृतयु हुँदा डोटीकै सायल गाउँपालिका५ की  ५५ बर्षिया झुपरी सार्की, ५८ बर्षिय हिरुवा लुहार र ७५ बर्षिय देव डुङ्गेलडको पनि बाढी पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम चन्दले बताए ।

अबिरल बर्षा पछि खसेको पहिरो घर माथी पस्दा च्यापिएर डडेल्धुरामा  दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रबक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका३ की ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रबक्ता चन्दले बताए ।

अबिरल बर्षाका कारण आएको बाढी पहिरोमा परेर बैतडीमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । यसैगरी बैतडीकी २५ बर्षिया भानु पार्की, २१ बर्षिया पबित्रा पार्की र ३ बर्षिय देवन पार्की रहेका छन् ।

यसैगरी बाढी पहिरोमा परेर बझाङमा मृत्यु हुको संख्या ८ पुगेको छ । बझाङका पत्रकार डिबि विष्टले दिएको जानकारी अनुसार मृतक मध्य ५ जनाको अन्तिम संस्कार समेत गरिएको छ । उनका अनुसार मृत्यु हुनेमा थलारा गाउँपालिका४ डिक्लामा पहिरोमा परेर वेपत्ता भएका मध्य ३ जना (६ बर्षिय शुवास सार्की, ४ बर्षिय बिकास सार्की र ७ बर्षिय आयुष पार्की) मृतक भेटिएका छन् ।

यसै गरी बझाङको छविस पाथिभेरा गाउँपालिका६ का १० बर्षिय कालु कठायतको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । त्यसैगरी बझाङकै खप्तडछान्ना गाउँपालिका४ का धर्मराज रोकायाको घर माथीबाट पहिरो गएर घर पुरिँदा रोकाया सहित उनकी श्रीमती जयसरा रोकायाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाउको छ । यसैगरी खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिरु गिरीको ज्यान गएको र उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छिन् ।

प्रदेश प्रहरी प्रबक्ता चन्दका अनुसार बझाङको थलारा गाउँपालिका४ डिख्लामा पहिरो जाँदा अझै २० जना वेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी ७ घर बगेका र २३ जना वेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हाशुदेवी पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्कीमदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् ।

यसै गरी लगातारको बर्षा पछि आएको बाढीमा परी कैलालीमा  १ बेपत्ता छन् । प्रहरी प्रबक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोका स्थानीय खोलाले बगाउँदा वेपत्ता भएका छन् । लगातारको बर्षाका कारण बाढी पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।

लगातारको बर्षाका कारण सुदूरपशिचममा ८७ पशु चौपाया मरेका छन् । प्रदेश प्रकरी कार्यालयका अनुसार ५ भैंसी, ५ गाई, १ बाख्रा, २२ कुखुरा र ५५ बंगुर मरेका छन् । यसैगरी ३६ बंगुर हराएका छन् ।