धनगढी पोष्ट
बिहिबार, ०४ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । असोज ३१ गते देखी परेको अविरल बर्षा पछि आएको बाढी पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु हुनेमा हाल सम्म सबैभन्दा बढी डोटीमा १५ जना रहेका छन् । यसैगरी बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ ।
पहिरोमा च्यापिएर प्रदेशमा २३ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बझाङमा २०, कैलाली, बैतडी र डोटीमा एक÷एक जना बेपत्ता छन् ।
बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ । यस्तै बाढीपहिरोका कारण १६ जना घाइते भएका छन् । डोटीमा ११ जना, डडेल्धुरा र बैतडीमा २÷२ र बझाङमा एक जना घाइचे भएका हुन् ।