धनगढी पोष्ट
बिहिबार, ०४ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरोका कारण भएको क्षेतिका बारेमा डोटीका जनप्रतिनिधी संग छलफल गरेका छन् । बाढी पहिरोका कारण सुदूरपश्चिममा मानविय तथा भौतिक क्षेति पुगेपछि त्यसको अवलोकन गर्न बिहीबार सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले डोटी डडेल्धुरा र बझाङमा अवलोृकन गर्ने कार्यक्रम रहेको छ ।
सोही सिलसिलामा देउवा बिहीबार बिहान डोटी पुगेका हुन् । दीपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन् । सरोकारवालासँग जानकारी लिएपछि देउवाले सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन् ।
आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ, भने २३ जना वेपक्ता भएका छन् ।