धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

हेलिकोप्टर अवतरण हुन नसक्दा बझाङको पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री देउवा

हेलिकोप्टर अवतरण हुन नसक्दा बझाङको पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री देउवा

धनगढी । अविरल बर्षा पछि आएको बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेर बहादुर देउवा प्रभावित क्षेत्रमा नपुगेरै फर्केका छन् ।

बिहीबार डोटी हुँदै बझाङ सदरमुकाम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको थलारा गाउँपाकिला४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका रहेको थियो । तर पहिरो पूभावित क्षेत्रको हेलिकोप्टर बाटै अबलोकन गरेर देउवा बैतडी तर्फ लागेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकास बाटै पहिरोको अवलोकन गरेका हुन् ।

थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३४ पटक अवतरण गर्ने प्रयास गरियो, प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने,‘तर असफल भएपछि उहाँ बैतडी तर्फ जानु भएको छ । प्रधानमन्त्री देउवाको साथमा अर्थ मन्त्री जनार्दन शर्मा र पर्यटन तथा नागरि उड्यान मन्त्री प्रेम आले पनि सहभागि छन् ।