धनगढी पोष्ट
शुक्रबार, ०५ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वेमौसमी बर्षापछि आएको बाढी र पहिरोमा परेर भएको क्षेतिलाई तत्कालै सम्बोधन गरिने बताए । अहिलेको मुख्य समस्या बाढी पहिरो रहेको बताउँदै प्रधानमन्त्री देउवाले राहत र सुरक्षित बसोबासका लागि तत्कालै सरकारले कार्यक्रम ल्याउने बताए । यसैगरी बाढी पहिरोबाट भएको क्षेति र पुर्नस्थापनाका लागि दिर्घकालिन योजना बनाइने प्रधानमन्त्री देउवाले बताए । उनले विपद जुनसुकै वेला पनि आउन सक्ने भन्दै त्यसको पूर्व तयारीमा जुट्नुपर्नेमा समेत जोड दिए ।