धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कांग्रेसको वडा उपसभापति भएका व्यक्ति एमालेको वडा सचिवमा निर्वाचित

कांग्रेसको वडा उपसभापति भएका व्यक्ति एमालेको वडा सचिवमा निर्वाचित

धनगढी ।  असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति कार्तिक ६ गते सम्पन्न नेकपा एमालेको वडा अधिवेसनबाट सचिवमा चयन भएका छन् ।

गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट दार्चुलाको महाँकाली नगरपालिका२ को उपसभापतिमा निर्वाचित भएका स्थानीय शंकर सिंह डोबाल कार्तिक ६ गते सम्पन्न भएको नेकपा एमालेको वडा अधिवेशनमा सचिव पदमामा चयन भएका हुन् ।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । कांग्रेसको वडा उप सभापतिमा चयन भएका डोवाललाई पहिले पार्टी प्रवेश गराएर अधिवेसनमा सहभागि गराइएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए ।