धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिमकमा पहाडी जिल्लामा नेपाल वायु सेवा निगमले थाल्यो उडान

सुदूरपश्चिमकमा पहाडी जिल्लामा नेपाल वायु सेवा निगमले थाल्यो उडान

धनगढी ।   नेपाल वायु सेवा निगमले आज देखी सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्न थालेको छ । लगातारको बर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक मार्ग अबरुद्ध गरेपछि यात्रुलाई आवतजावतमा समस्या भएको थियो ।सोही क्रममा नागरिक उड्यन मन्त्री प्रेम आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि नियमित उडान भर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशन पछि नेपाल वायु सेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्ला (बझाङ, अछाम, डोटी, र बैतडी)मा हवाई उडान गर्ने तयारी थालेको थियो । नेपाल वायु सेवा निगमले धनगढीलाई आधार बनाएर क्षेत्रिय उडान भर्ने भएकोहो । उडानका लागि तालिका सार्वजनिक भएर आइतबार देखी नियमित उडान थालिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

अनुसार (आज) पहिलो उडान धनगढीबाट डोटीको दीपायल र बझाङमा हुने छ । नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ, भट्टले भने, त्यस संगै अन्य जिल्लामा पनि नियमित उडान हुने छ ।

उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ । नेपाल वायु सेवा निगमले धनगढीदेखि डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढी आउन २ हजार ५ सय १५ भाडादर कायम भएको छ । यसैगरी धनगढीदेखि बझाङको ३ हजार ९ सय ९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८ सय ९५ भाडादर कायम गरिएको विमानस्थल प्रमुख भट्टले बताए ।

यस अघि सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एअरले उडान गर्दै आएको थियो । तर समिटले एकलौटी उडान गर्दा चर्को भाडा असुलेको भन्दै विरोध हुँदै आएको थियो । समिट संगै नेपाल वायु सेवा निगमले पनि पहाडी जिल्लामा हवाई उडान गर्नेभएपछि टिकट सस्तो हुने र सहजै टिकट पाइने भन्दै यात्रुले खुशी व्यक्त गरेका छन् ।

समिट एअरले मात्रै उडान गर्दा खोजेको वेला टिकट पाइदैनथ्यो, बझाङका नरेन्द्र थापाले भने,‘भारडा दर पनि चर्को भएको थियो, तर अव सजिल्ै टिकेट पाइने छ भन्ने आसा लागेको छ, भाडा दर पनि केही कम होला ।

बर्षाका कारण पहाडी क्षेत्रको सडक अबरुद्ध हुँदा नागरिकलाई अप्ठ्यारो भएको भन्दै उनले दुई वटा एअरलाइइन्स कम्पनिले उडान गरेपछि यात्रुलाई समेत सहज हुने बताए । दशै मनाउन बझाङ पुगेका धेरै नागरिक सडक अबरुद्ध हुँदा तराई आउन पाएका छैनन्, उनले भने,‘हवाई टिकेट खोज्दा समेत भनेको वेला नपाईने समस्याका कारण यात्रु हिडेर धनगढी आउन थालेका वेला सरकारलेको यो निर्णय स्वागत योग्य छ ।

यसैगरी डोटीका स्थानीय पदम बलायले पनि अप्ठ्यारो परिस्थितीमा सरकारले हवाई उडान बढाएर जनतालाई सहज बनाएको भन्दै सरकारको कामको स्वागत गरे ।

बर्षाका कारण जताततै बाटो अबरुद्ध हुदा विषेष काम भएका मानिस संगै विरामीलाई सास्ति भएको थियो, उनले भने,‘यस्तो वेला दुई वटा उडान हुँदा केही सजिलो हुनेछ ।

समिट एउरले मात्रै उठान भर्दा महंगो टिकल किनेर धनगढी आउन चाहने नागरिकले समेत भनेको वेला धनगढी आउन टिकट नपाएको उनले बताए । टिकटका लागि ५६ दिननै कुर्ने पर्ने समस्याको अन्त्य हुनेछ भन्ने मैले विश्वास लिएको छु, उनले भने,‘भाडादर घट्दा आर्थिक भार पनि कम हुने छ ।