धनगढी पोष्ट
आइतबार, ०७ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । आफ्ना सांसदले फ्लोर क्रस गरेर विपक्षि दललाई विश्वासको मत दिन थालेको जानकारी पाएपछि प्रदेश नम्बर–१ का आजका लागि बोलाइएको प्रदेस सभा वैठक सार्न कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको हो ।
प्रदेश १ को प्रदेशसभामा आइतबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धन हच्किएका हुन् ।
कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न सक्ने जनाइएको छ । सो जनकारी पछि कांग्रेसले आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न सभामुखलाई आग्रह गरेको छ । मौखिक आग्रह सुनुवाइ नभएपछि कांग्रेसले लिखित निवेदन दिएको हो ।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा आउने भएका कारण बैठक रोक्न निवेदन दिएको बताएका छन् ।