धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिममा बाढीपहिरोबाट ३७ जनाको मृत्यु, २२ जना वेपत्ता

सुदूरपश्चिममा बाढीपहिरोबाट ३७ जनाको मृत्यु, २२ जना वेपत्ता

धनगढी । असोज ३१ देखी कार्तिक २ गते सम्म आएको अबिरल बर्षा संगै आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या सुदूरपश्चिममा ३७ पुगेको छ । बाढी पहिरोमा परेर अझै २२ जना वेपत्ता रहेका छन् ।

हाल सम्म बाढी पहिरोमा परेर सवै भन्दा बढी मानिसको मृत्यु डोटीमा भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा बाढी र पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ । तर बझाङमा बाढी पहिरोमा परेर वेपत्ता हुनेको संख्या बढी छ । जसका कारण बाढी पहिरोबाट बझाङमा बढी मानविय क्षेति हुने देखिन्छ ।

बझाङमा आइतबार सम्म बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको पुष्टि भएपछि अझै १९ जना वेपत्ता छन् । वेपत्ताहरु सवैलाई जीवित भेटाउने सम्भावना न्यून रहेको छ । जसका कारण बझाङमा बाढी र पहिरोमा परेर सवै भन्दा बढी मानविय क्षेति भएको छ ।

कार्तिक २ गते आएको बाढी र पहिरोमा परेर बैतडीका ४, डडेल्धुरामा ३, तथा अछाम र  कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढीपहिरोमा परेर  सुदूरपश्चिम प्रदेशमा अझै २२ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एक÷एक छन् ।

बाढी पहिरोमा परेर प्रदेशका १७ जना घाइते छन् । घाइते हुनेमा डोटीका ११, डडेल्धुराका दुई, बैतडीका दुई तथा बझाङ र बाजुरमा एक÷एक जना रहेका छन् ।