धनगढी पोष्ट
सोमबार, ०८ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । लगातारको बर्षा पछि कर्णाली नदी गाउँमा पस्दा कैलालीको जानकी गाउँपालिकाका १ सय १६ घर प्रभावित बनेका छन् । असोज ३ज्ञ गते देखी आएको अबिरल बर्षा पछि कणाीली नदीमा बानीको बहाव बढेर जानकी गाउँपालिकावडा नम्ब–३, ६ र ९ मा क्षेति पु¥याएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार बाढीका कारण क्षेति भएका १ सय १६ घर मध्य ६० घर बगेका छन् । बाँकी घरमा भने बाढीको पानी पस्दा खाद्यान्न लत्ताकपडा र पशुचौपायामा पूर्ण क्षति भएको उनले बताए ।
बाढीको कारण गाउँपालिकामा रहेका भौतिक पूर्वाधारमा अर्वौको क्षति भएको अध्यक्ष चौधरीले बताए । यसैगरी पालिकामा १ हजार २ सय हेक्टरमा गरिएको धानबालीमा बाढीले क्षति गरेको छ । धानबालीमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष चौधरीले जनाए ।