धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

रडुवा खोलाको अस्थाई ट्रयाक सञ्चालन

रडुवा खोलाको अस्थाई ट्रयाक सञ्चालन

धनगढी । लगातारको बर्षा पछि पहिरो गएर बअरुद्ध बनेको डडेल्धुरा, डोटी सडक खण्ड अन्तरगत रडुवा खोलामा आज वेलुका देखी यातायात सञ्चालन भएको छ ।

बर्षा पछि पहिरो खस्दा डडेल्धुराको रडुवा खोला सडक खण्ड भाँसिएको थियो । सडक खण्डमा नयाँ ट्रयाक निर्माण गरेर एक तर्फि सवारी आवागमन सुचारु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

एक साता देखि अवरुद्ध डडेल्धुराडोटी जोड्ने केआई मार्ग सोमबार दिउँसो देखि सुचारु भएको छ हो । यात्रुको समस्यालाई मध्य जनर गरेर केआई मार्गको मर्मत संभार तिब्र पारिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

सवै पक्षको साथ र सहयोगका कारण लगातार काम गरेर सोमबार वेलीका देखी के आई संह राजमार्ग अन्तरगतको रडुवा खोलामा अबरुद्ध सडक सुचारु गरिएको छ, डोटीका प्रमुख जिलला अधिकारी जोशीले भने,‘सडकलाई पुर्ण रुपमा सञ्चालन गर्न भने महिनौं लाग्न सक्दछ । राजमार्ग सुचारु गर्न भीर काटेर नयाँ ट्रयाक तयार गरिएके छ ।

अझै पनि सडक मर्मतको कार्य जारी छ, प्रजिअ जोशीले भने,‘सडकको माथिबाट थप पहिरो नखसेमा एक तर्फि बाटो सञ्चालनमा आउने छ, बाँकी काम भइरहेने छ । स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै मर्मत संभारमा अवरोध गरेका थिए ।

स्थानीय बासिन्दाको अवरोधका कारण बाटो मर्मत सम्भार गर्न नसकिएको केआईसिंह मार्गको गन्यापधुराको रडुवाखोलागजरौला खण्ड प्रमुख जिल्ला अधिकारी मोहन जोशीको पहलमा सनिबारदेखि मर्मत संभार शुरु भएको थियो । रुडुवा खोलागजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ ।

बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुराडोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदल हुँदै कष्टकर यात्रा गर्दै आएका थिए ।