धनगढी पोष्ट
मङ्गलबार, ०९ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की ५८ बर्षिय महिला रहेकी छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार मंगलबार सेतीको परिक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ५२ जनाको स्वाव परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । हाल अस्पतालमा १२ जनाको उपचार भइरहेको छ ।