भीम रावल भन्छन्  सुदूरपश्चिममा वडा अधिवेसन भएको छैन, कर्ण थापा भन्छन् र्टीको काम नगर्नेलाई जानकारी हुँदैन

सुदूरपश्चिममा एमालेको अधिवेसन विवाद

सुदूरपश्चिममा एमालेको अधिवेसन विवाद

धनगढी । सुदूरपश्चिमका कतिपय स्थानमा नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भइसक्दा नेकपा एमालोक उपाध्यक्ष भीम रावलले भने वडा अधिवेसन नभएको दावी गरेका छन् । उनले सुदूरपश्चिमका कुनैपनि वडामा एमालेको वडा अधिवेसन भएको बारेमा आफुलाई जानकारी नभएको बताएका हुन् ।

सोमबार काठमाण्डौं स्थित एमाचार संस्था संग बोन्दै रावलले वडा अधिवेसनका बारेमा जनाकारी नभएको भन्दै सुदूरपश्चिममा एमालेको वडा स्थितरिय अधिवेसन नभएको बताए ।

तर नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भने बाढी पहिरो प्रभावित जिल्ला बाहेकका सुदूरपश्चिमका जिल्लामा एमालेको वडा अधिवेसन सम्पन्न भइसकेको बताए । कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र डोटीका केही स्थानमा बाढी पहिरोका कारण वडा अधिवेसन हुन नसकेको बताउँदै उनले अन्य क्षेत्रमा भने वडा अधिवेसन सम्पन्न भइ पालिका स्तरिय अधिवेसन गर्ने तयारी भइरहेको बताए ।

एमाले उपाध्यक्ष भीम रावलले भने सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको दावी गरेका छन् । रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताए । वडा अधिवेशनको विवरण प्राप्त भएको छैन, सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन, रावलले भनेका छन्,कर्णालीको पनि कतिपय क्षेत्रमा वडा अधिवेसन भएको छैन ।

एमोले सुदूरपशिचम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार बाजुरा, दार्चुला, अछाम, डाटी र डडेल्धुराका केही स्थानमा एमालेको वडा अधिवेसन सम्पन्न भइसकेको बताए । बाढी पहिरोका कारण समस्या भएका स्थानमा यही कार्तिक १२ र १५ गते वडा अिधवेसन सम्पन्न गर्न निर्देशन भएको छ, थापाले भने,‘वडा अधिवेसन भइसकेका स्थानमा पालिका स्तरिय अधिवेसनको तयारी भइरहोके छ । वडा स्तरमा सोचे भन्दा राम्रो तरिकाले निर्बिरोध रुपमा नेतृत्व चयन भएको समेत उनले बताए । उनका अनुसार आज (मंगलबार) देखी पालिका स्तरिय अधिवेसन सुरु हुने छ । पालिका स्तरिय अधिवेसनका लागि सवै तयारी भइसकेको उनले बताए ।

उनले एमाले उपाध्यक्ष रावलले वडा अधिवेसन नभएको भन्ने अभिव्यक्ति दिएर पार्टिमा विवाद छ भन्ने देखाउन खाजेको आरोप लगाए । उहाँले एमालेमा विवाद छ भन्ने देखाउन खोज्नु भएको जस्तो आसय दिनु भएको छ, थापाले भने,‘तर एमालेमा अव कुनै विवाद छैन, कसैले चाहेर पनि अव एमालेमा त्यसतो अवस्था ल्याउन सक्दैनन् । उपाध्यक्ष रावल विवाद सिर्जना गर्नमै केन्द्रित हुँदा पार्टीका काम गर्न भुलेका कारण वडा स्तरिय अधिवेसन भएको थाहा नपाएको हुन सक्ने थापा बताउँछन् ।

वडा अधिवेसनबाट धेरै युवा नेतृत्वमा आएको बताउँदै प्रदेश अध्यक्ष थापाले त्यसले एमालेको आकर्षण छ भन्ने प्रष्ट देखाएको बताए । वडा अधिवेसन पछि युवाको रोजाईमा एमाले परेको प्रष्ट हुन्छ, उनले भने,‘त्यसरी आकर्षण बढ्नुको पछाडी एमाले अध्यक्ष केपि ओलीको भूमीका छ, किनकी ओलीमा मात्रै देश हाँक्न सक्ने क्षमता छ भन्ने युवाले बुझेका छन् ।