धनगढी पोष्ट
मङ्गलबार, ०९ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सुदूरपश्चिमका कतिपय स्थानमा एमालेको वडा अधिवेसन सम्पन्न भइसकेको बताएका छन् । तर भीमरावलले किन वडा अधिवेसन नभएको भन्ने सुनेको बताउँदै ओलीले उनिसंग सोध्ने र जवाफ मागने बताए । विराटनगरमा प्रेस चौतारी मोरङले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा ओलीले रावलसँग जवाफ माग गर्ने बताएका हुन् । उपाध्यक्ष रावलले सोमबार सुदूरपश्चिमका कुनै जिल्लामा वडा अधिवेशन नभएको जिकिर गरेका थिए । ‘एक दुईजनाले के भन्छन् त्यसको कुनै मतलब भएनु, पत्रकारले सोधेको प्रश्नमा ओलीले भने,‘ उहाँ (भीम रावल)ले किन त्यस्तो भन्नुभयो ? म सोध्छु, जवाफ माग्छु ।’