धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024
अदालतको फैसलाले प्रहरीको मनोवल बढेको छ : डिएस्पि

प्रहरीको हत्यामासंलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाइयो

प्रहरीको हत्यामासंलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाइयो

धनगढी । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले ९ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

२०७७ कार्तिक १ गते धनगढी उपमहानगरपालिका११ जुगेडा स्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी निरिक्षक विक र जवान साउँदाको मोहना घाटमा हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले २०७७ कार्तिक ४ गते ७ जना र त्यस पछि ३ गरी १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्य केराउ व्यापारी तथा घटनाका मुख्य डिजाइनर भनिएका राजिव गुप्ता यस अघि धरौटीमा छुटेकोमा मंगलबार उनले सफाई पाएका छन् । पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका अन्य ९ जनालाई अदालतले दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । मंगलबारको पेशिमा जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैद सजाय पाउनेमा धनगढी उपमहानगरपालिका१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षिय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, धनगढी११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

२०७७ कार्तिक १ गते भारतबाट अवैधरुपमा केराउ नेपा तर्फ ल्याउने क्रममा नेपाल भारतको सीमा क्षेत्र मोहना घाटमा प्रहरीले रोक्न खोजेपछि हत्या गरिएको यस अघिनै ९ जनाले स्वीकारी सकेका थिए ।

अदालतको फैसलाले प्रहरीको मनोवल बढेको छ : डिएस्पि

प्रहरीले जिल्ला अदालत कैलालीले प्रहरी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुनाउने अदालतको फैसलालाइृ स्वागत गरेको छ ।

अदालतको निर्णयपछि ड्युटिमा रहेका प्रहरीलाई हातपात गर्दा कानूनले छाड्दैन भन्ने सञ्देश गएको छ, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएस्पि प्रतिक विष्टले भने,‘यसले प्रहरीको मनोवल पनि उच्च बनेको छ ।

उनले अदालतको फैसला पछि प्रहरीलाई काम गर्न सजिलो भएको बताए । जनताका लागि रात दिन काम गर्ने प्रहरी आफै असुरक्षित भएको अनुभति भइरहेको बताउँदै उनले अदालतको फैसला पछि भने हाम्रा लागि पनि कानून छ भन्ने सन्देश गएको डिएस्पि विष्टले बताए ।