नेपाल वायु सेवा निगमको व्यवस्थापनमा भद्र गोल, यात्रु नलगेरै फर्कियो  जहाज

नेपाल वायु सेवा निगमको व्यवस्थापनमा भद्र गोल, यात्रु नलगेरै फर्कियो  जहाज

धनगढी । बझाङमा नेपाल वायु सेवा निगमले हवाई सेवा सञ्चालन गरेपनि कर्मचारी व्यवस्थापन हुन सक्दा हवाई जहाज रित्तै फर्कन थालेको छ ।

यात्रुहरु टिकटका लागि लाइनमा बस्नुपर्ने भएपनि वायु सेवा निगमले भने टिकट खरिद न नगरेका कारण वायु सेवा निगमको हवाई जहाज बझाङबाट यात्रुनै नलगेर धनगढी फर्किएको हो । आइतबारदेखि धनगढीबझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।

टिकटको खोजीमा रहेका यात्रुले निगम कर्मचारीसँग सम्पर्क हुन नसकेको बताएका छन् भने निगमले धनगढीमा यात्रु अभाव भएको दाबी गर्दै उडान नियमित नहुने जनाएको छ ।

भारतबाट १२ जनाको समूहमा आएका मस्टा गाउँपालिकाका कलक बोहराले निगमको जहाजले ९ जना मात्रै यात्रु बोकेर गएको बताए । प्लेन रित्तै भएपनि आफ्नो सम्पर्कमा रहेका धनगढीबाट बझाङ आउन चाहने ७० जनाले टिकट नपाएको गुनासो गरेको उनले बताए ।