धनगढी पोष्ट
बुधबार, १० कार्तिक २०७८ मा प्रकाशित
धनगढी । एकिकृत नेकपा समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बिहीबार सुदूरपश्चिम आउने भएका छन् ।
कञ्चनपुर स्थित महेन्द्रनगरमा पार्टी कार्यालय उद्घाटन र कायकर्ता भेलालाई सम्बोधन गर्न नेपाल कञ्चनपुर आउन लागेका हुन् ।
नेकपा एसले महेन्द्रनगरको भासी पुलको पुर्बपट्टी कार्यालय स्थापना गरेको छ । पार्टी कार्यालय उद्घाटन पछि अध्यक्ष नेपाल पछि जिल्ला स्तरीय बिस्तारित बैठकमा सहभागि हुने छन् । महेन्द्र नगर स्थित ममताज पार्टी प्यालेसमा हुने बिस्तारित भेलामा अध्यक्ष नेपालसँगै सुदूरपश्चिम इन्चार्ज गरिमा शाह, स्थायी कमिटी सदस्य भानुभक्त जोशी लगायतका नेताहरुको उपस्थिति रहने छ । कार्यक्रममा केन्द्रीय मन्त्री र प्रदेश मन्त्रीलगायत पनि आउने जनाइएको छ ।