ग्राहको मिटर रिडिङ हुँदैन, दशै अगावै गएका कार्यालय प्रमुख अझै फर्केनन्

नेपाल विद्युत प्राधिकरण बाजुरामा भद्रगोल

नेपाल विद्युत प्राधिकरण बाजुरामा भद्रगोल

धनगढी । नेपाल विद्युत प्राधिकरण बाजुरा शाखामा कार्यालय प्रमुख नै नभएपछि सवै काम प्रभावित बनेका भन्दै ग्राहक आक्रोसित बन्न थालेका छन् ।

घटस्थापना अघि विदामा गएका विद्युत प्राधिरकण बाजुरा शाखाका शाखा प्रमुख ललित मण्डल सम्पर्क विहीन बनेपछि हाल बाजुरामा राष्ट्रिय प्रशारण लाइनको विजुली समेत बल्न छाडेको छ । बाढी पहिरोका कारण विग्रेको विद्युत मर्मतमा हाल सम्म कुनै पहल समेत नभएको स्थानीय गगन कामीले बताए ।

अन्य जिल्लामा विजुली आइसक्यो भन्ने सुनिन्छ, उनले भने,‘तर हामी अझै अन्धकारमा बस्न बाध्य भएका छौं, विद्युत मर्मतका लागि पहल गर्ने निकायका प्रमुख सम्पर्क विहीन छन् । उनका अनुसार भदौ यता ग्राहकको मिटर रिडिङ समेत भएको छैन ।

कार्यालयमा जाँदा कार्यालय सहयोगिमात्रै भेटिन्छन्, उनले भने,‘कार्यालय सहयोगिले के गर्लान्र ? कार्यालय खोल्छन बस्छन् । उनले विद्युत कार्यालयमा नयाँ हाकिम आएपछि प्राधिकरणको काम भद्रगोल बनको बताए । जहिले पनि झर्केर बोल्ने स्वभावका हाकिम आएका छन्, उनले भने,‘उहाँ धेरै समय आफ्नो घरमै बस्नुहुन्छ, कहिले कांही बाजुरामा आएर पनि खास्सै काम गर्दैनन् ।

कार्यालय प्रमुखका कारण धेरै परिवारले विद्युत जोड्न नसकेको उनि बताउँछन् । मिटरका लागि आवेदन माग गर्दा कार्यालयमा आवेदन समेत नपाइने गरेको उनले बताए ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले विद्युत प्राधिकरण बाजुरामा कोहि पनि नभेटिएको बताए । पटक पटक बैठकमा बोलाउँदा पनि विद्युत प्राधिकरणबाट कुनै प्रतिनिधी नआएपछि कार्यालयलाई स्पष्टिकरण माग रिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

विद्युत प्राधिरकणका बारेमा उपभोत्ताबाट धेरै गुनासो आउन थालेको छ, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने,‘यस विषयमा ततकलै विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा पत्राचार गर्ने छौं । उनले बाजुरामा रहेको ग्रामिण जलविद्युत सुचारु भइसक्दा राष्ट्रिय प्रशारण लाइन बन्न नसक्नुको कारण कर्मचारीको कम्जोरीनै हुने बताए ।

नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बाजुरा शाखाका प्रमुखलाई तुरुन्त जिल्लामा जान निर्देशन दिएको बताए । लामो समय सम्म विजुलि मर्मत नभएपछि ग्राहक आक्रोसित नहुनु स्वभाविक भएको बताउँदै उनले ग्राहकलाई परेको असरको जिम्ला बाजुरा शाखाका प्रमुखले लग्नु पर्ने बताए । उनले निमित्त दिए नदिएको बारेमा आफुले बुझेर थप कारवाही गरिने बताए ।

नेपाल विद्युत प्राधिकरण बाजुराका शाखा प्रमुख ललितत मण्डलले भने बाढी पहिरोका कारण समयमा घर फर्कन नपाएको बताए । घटस्थापना अिघनै विदामा बस्दा किन कसैलाई निमित्त नदिएको भन्दै जिज्ञासा राख्दा उनले फोनको आवाज नसुनिएको भन्दै कुरागर्न मानेनन् ।