धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदुरपश्चिम प्रदेश सरकार परिवर्तन नहुने माधव नेपालको संकेत

सुदुरपश्चिम प्रदेश सरकार परिवर्तन नहुने माधव नेपालको संकेत

धनगढी । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने संकेत गरेका छन् ।

कञ्चनपुर स्थित नेकपा एसको पार्टी कार्याय उद्घाटन गर्न सुदूरपश्चिम पुगेका नेता नेपालले धनगढी विमानस्थलमा पत्रकार संग कुरा गर्दै सुदूरपश्चिम सरकार परिवर्तनका लागि छलफल नभएको बताए । शक्ता गठबन्धनमा सहभागि कांग्रेसले दुई, माओबादीले दुई, नेकपा एसले दुई र जसपाले १ प्रदेशमा नेतृत्व लगने सहमति भएको उनले बताए ।

त्यस अनुसार सुदूरपश्चिम र लम्बीनीमा माओबादी, कर्णाली र प्रदेश ४ नेपाली कांग्रेस, प्रदेश एक र तीनमा नेकपा एस तथा प्रदेश नम्बर दुईमा जसपाले नेतृत्व पाउने उनले बताए ।

तर सुदूरपश्चिममा नेकपा एस ठुलो द लबनेका कारण नेतृत्व फेर्नपरे एसलेनै दावि गर्ने उनले बताए । सुदूरपशिचम प्रदेश सरकारका बारेमा म धेरै बोल्न चाहन्न नेता नेपालले भने,‘अहिले यस प्रदेशको नेतृत्व फेर्ने विषयमा कुनै छलफल समेत भएको छैन ।