धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

बझाङमा पहिरोमा परेर वेपत्ता भएकाहरुकोे खोजी कार्य स्थगित

बझाङमा पहिरोमा परेर वेपत्ता भएकाहरुकोे खोजी कार्य स्थगित

धनगढी । वेमौसमि बर्षा पछि आएको पहिरोमा परेर वेपत्ता भएका बझाङका १९ जनाको खोजिकार्य स्थगित गरिएको छ ।

कात्र्तिक १ गते बझाङको थलारा गाउँपालिका४ डिक्लामा आएको पहिरोमा परेर बेपत्तामध्ये ४ जनाको शव फेला परेको छ । बाँकी १९ जनाको खोजिकार्य भइरहेकोमा अव फेला नपर्ने भन्दै खोजी कार्यमा लागेको टोली बुधबार फर्किएको छ ।

श्रोत साधनले भ्याए सम्म खोजिकार्य गरेपनि वेपत्ता नागरिकलाई भेटाउन नसकिएको भन्दै उद्धार टोली फकिएको हो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको बताइएको छ । प्रविधि अभाव र धेरै दिन बितेकाले खोजी कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खडकाले बताए ।

बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेको र अब प्रक्रिया पु¥याएर सबैलाई मृत घोषणा गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । तर वेपत्ता भएका परिवाले भने जानकारी नै नदिएर सुरक्षाकर्मीले खोजिकार्य स्थगित गरिएको भन्दै अुखेसो गरेका छन् । परिवारको शव भेटिएका अन्तिम संस्कार गर्न सजिलो हुने थियो परिवारका १८ जना गुमाएका कलक सार्कीले भने, तर सुरक्षाकर्मी जानकारी नै नदिएर फर्केके रहेछ, यसले हाम्रो मन दुखेको छ ।