धनगढी पोष्ट
बिहिबार, ११ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले नेकपा एमालेका अध्यक्ष केपि ओलीलाई पकेटमाराको संज्ञा दिएका छन् ।
हाल नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष रहेका तत्कालिन एमाले नेता माधव नेपालले बनाएको सम्पति ओलीले पकेटमार शैलीमा लगेको बताउँदै उनले ओलीलाई पकेटमार भएको बताए । एमालेभित्र पकेटमारले प्रवेश पाएपछि पार्टी फुटेको उनको भनाई छ ।
कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा बोल्दै मन्त्री आलेले एमाले बनाउने माधव नेपाल भएको बताए । ‘माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेपछि एमाले भन्ने पार्टी सकिएको छ,’ उनले भने,‘अहिले ओली कम्पनिले त्यसमा रजाई गरिरहेको छ ।’ एउटा पकेटमारका कारण कम्युनिष्ट आन्दोलन धरासायी बनेको उनले बताए ।
उनले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउने बताए । ‘आगामी निर्वाचनमा सुदूरपश्चिमबाट ओली कम्पनिको पार्टी जिरो डिग्री सेल्सियसमा झर्नेछ,’ उनले भने,‘अनि बल्ल केपि ओलीको नाम गिनीज बुकमा लेखिने छ ।’ मन्त्री आलले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि वर्तमान सरकार सक्रिय भएर लागेको बताए । मन्त्री आलेले अबको दुई वर्षभित्र महेन्द्रनगरको मझगाउँ विमानस्थल सञ्चालन गर्ने पनि दाबी गरे ।