धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढी स्थित राष्ट्रिय तुलक्षीराम माविमा चोरी

धनगढी स्थित राष्ट्रिय तुलक्षीराम माविमा चोरी

धनगढी । धनगढी उपमहानगरपालिका४ मा रहेको राष्ट्रिय तुलक्षीराम माद्यामिक विद्यालयमा चोरी भएको छ ।

विद्यार्थी बस्ने बेन्चको सिढी बनाएर विद्यालयको प्रशासन कार्यालयमा बिहीबार राती चोरी गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय केलालीका अनुसार चोरले विद्यालयको मनिटर लगेको देखिएको छ । अहिले मनिटर चोरी भएको देखिएको छ, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने,‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ । चोरीमा विद्यार्थीको संलग्नता रहेको हुन सक्ने आसंका गरिएको छ ।

चोरी भएको कोठामा विद्यालयकै एक जना शिक्षकलाई गाली गर्दै भित्तामा अश्लिल शब्द लेखिएको समेत भेटिएको जनाइएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रबक्ता विष्टले बताए ।