धनगढी पोष्ट
शुक्रबार, १२ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । कैलालीमा बाढी पहिरोका कारण स्थगित नेकपा एमालेको वडा अधिवेसन आज (शुक्रबार) भइरहेको छ । कार्तिक पहिलो साता परेको अविरल बर्षाका कारण बाढी पहिरो आएपछि कैलाली लगायत सुदूरपश्चिमका अधिकांस स्थानमा कार्तिक ६ गते हुन भनिएको वडा अधिवेसन स्थिगित गरिएको थियो ।
नेकपा एमालले आज कैलालीका १ सय २६ वडामा नयाँ नेतृत्व चयन गर्ने एमालेका जिल्ला सचिव रणबहादुर चन्दले बताए । नेकपा एमालले कार्तिक १५ गते कैलालीमा पालिका अधिवेसन गर्ने छ ।