धनगढी पोष्ट
शनिबार, १३ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका १ सय ७० वडामा एमालेको वडा अधिवेसन हुन बाँकी रहेका छन् । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेसन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सचिव राजेन्द्र रावलले बताए । उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेसन हुन नसकेको हो भने, बझाङमा बाढी पहिरोका कारण आवतजावतमा केही कठिनाई हुँदा समस्या भएको हो ।
बझाङका केही पालिकामा वडा अधिवेसन भएको तर बाहिर नल्याइएको उनले बताए । उनका अनुसार बझाङमा १४ गते सवै वडामा वडा अिधवेसन सम्पन्न गरेर एकैपटक सार्वजनिक गरिने छ । हाल बझाङका १ सय ६० र कैलालीका ४ तथा कञ्चनपुरका ६ वडामा एमालेको वडा अधिवेसन हुन नसकेको उनले बताए ।
सचिव रावलका अनुसार शुक्रबार सम्म नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५ सय ६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रदेशमम ७ सय ३४ वडा रहेका छन् ।