धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

१९ बर्षिया युवति बनिन् एमालेको वडा सचिव

१९ बर्षिया युवति बनिन् एमालेको वडा सचिव

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिका ६ की १९ बर्षिया ममता बोहरा एमालेको वडा सचिवमा चयन भएकी छिन् ।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा सचिवमा चयन भएकी नगर प्रमुख अशोक चन्दले बताए । वडा नम्बर ६ मा २० वर्षीया कविता पन्त उपसचिवमा चयन भएकी छिन् भने २० वर्षीया मनिषा थापा नगर अधिवेशन प्रतिनिधि छनौट भएकी देवकोटाले बताए । नगर प्रमुख चन्दका अनुसार धेरैजसो युवा महिला वडाका पदाधिकारी र नगर अधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।