धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

बझाङलाई विपद्ग्रस्त घोषणा गर्न माग

बझाङलाई विपद्ग्रस्त घोषणा गर्न माग

धनगढी । कार्तिक पहिलो साता आएको अबिरल बर्षाका कारण बझाङमा ठुलो जनधनको क्षेति भएको भन्दै जिल्लालाई संकट ग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था बुझ्न संघीय संसद्को विकास तथा प्रविधि समितिको टोली बझाङ पुगेपछि जिल्ला वासीले संकट ग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।

समिति सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले शुक्रबार सदरमुकाम चैनपुरका अन्तर्क्रिरया गर्दै जिल्लावासीसँग सुझाव मागेको थियो । सहभागीले बझाङलाई निरन्तर बाढीपहिरोले तहसनहस पारेकाले विपद्ग्रस्त जिल्ला घोषणा गरिनुपर्ने माग गरे । बाढीपहिरोमा परेर बझाङमा १२ जनाको मृत्यु भएको छ, भने १९ जना अझै बेपत्ता छन् । यसैगरी बाढी पहिरोका कारण बझाङमा ४ सयभन्दा बढी घरमा क्षेति भएको तथा ८ सय ८६ परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण जयपृथ्वी राजमार्गसहित सबैजसो ग्रामीण सडक ठप्प हुनका कासथै विद्युत् अवरुद्ध भएको छ ।सेनाको हेलिकोप्टरमा आएको समितिको टोलीलाई प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाको क्षतिको विवरण सुनाए । उनले भने पुनर्निर्माण र पुनर्स्थापनाका लागि विशेष कार्यक्रम घोषणा गर्नुप¥यो । बझाङकी सांसद आशा विकले जिल्ला नै छियाछिया भएको बताइन् । १५÷२० वर्षयता विकासको क्षेत्रमा भएको लगानी सबै खतम भएको छ, उनले भनिन्, अव सामान्य बजेटले पुग्दैन ।