धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कांग्रेसबाट वडाध्यक्ष भएका मंगलसिंह, एमालेको पालिका अध्यक्ष चयन

कांग्रेसबाट वडाध्यक्ष भएका मंगलसिंह, एमालेको पालिका अध्यक्ष चयन

धनगढी । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेर वडा अध्यक्ष बनेका दार्चुलामा मंगलसिंह धामी नेकपा एमालेको पालिका कमिटि अध्यक्ष बनेका छन् ।

२०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धामीले नेपाली कांग्रेसबाट टिकट पाएर विजयी हुँदै दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर५ का वडा अध्यक्ष बनेका थिए । नेपाली कांग्रसको हालै सम्पन्न पालिका अधिवेसनमा पनि उनले वडामै दावी गरेका थिए । तर उनि पराजित बनेका हुन् ।

कांग्रेसको पालिका सभापति बन्न नसकेका धामी एमालेका पालिका अध्यक्ष बनेका हुन् । उनि कांग्रेसको पालिका अधिवेसनमा पराजित भएपछि एमालेमा प्रवेस गरेका थिए ।

बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको एमाले दार्चुलाले जनाएको छ ।