धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

खेललाई सवै सरकारले वेवास्ता र्यो : पन्त

खेललाई सवै सरकारले वेवास्ता र्यो : पन्त

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तले तीनवटै सरकारले खेललाई वेवास्ता गरेको आरोप लगाएका छन् ।

नेपाल सितोरियो कराते संघ कैलालीले आयोजना गरेको जिलला स्तरिय प्रशिक्षण कार्यक्रम तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पन्तले खेल क्षेत्रलाई वेवास्ता गरेर सरकारले खेलाडीको मनोबल कम्जोर बनाउने काम गरेको बताए ।

नेपालमा नीजि क्षेत्रको प्रयास र योगदानका कारण खेल क्षेत्र टिकेको उनको भनाई छ । खेल क्षेत्रमा सरकारले केही गरेको छैन, पन्तले भने,‘नीजि क्षेत्रले गरेको योगदानका कारण आज सम्म खेल जोगिएको छ । सरकारले खेलाडीका लागि केही नगरेपनि खेलाडीले भने राष्ट्रलाई चिनाउने धेरै योगदान दिएको उनले बताए ।

खेलाडीले राष्ट्रलाई चिनाउन ठुलो योगदान गदिएका छन्, प्रदेशसभा सदस्य पन्तले भने,‘अझ सुदूरपश्चिमका लागि खेलाडीको योगदान कदर योग्य रहेको छ । खेल र खेलाडीको विकासका लागि आफुले सदन भित्र र बाहिर लविङ गर्ने उनले प्रतिबद्धता जनाए ।

जानकी गाउँपालिकाकी उपाध्यक्ष तथा कराते खेलाडी उमा महतले खेलको महत्व नबुझेका व्यक्ति नेतृत्वका आउँदा खेलकुदमा विकास नभएको बताए । खेलमा धेरै युवा आउने र निरास भएर फर्कने गरेका छन्, उनले भनिन्,‘यसको कारण नेतृत्व हो, हाम्रो नेतृत्वले खेलाडीको मर्मनै बुझ्दैनन् । उनले आफ्नो पालिकामा थोरै भएपनि खेलाडीको सम्मान गर्ने गरी कार्यक्रम ल्याएको बताइन् ।

सितोरियो करातेका प्रर्व प्रक्षिक थानेश्वर राइले खेल क्षेत्रलाई माथी उकास्न विदेशमा पनि लगानी जुटाउने काम भइरहेको बताए । उनले आफ्नो संस्थाले सुदूरपश्चिमका खेलाडीमा लगानी गर्ने प्रतिबद्धता समेत जनाए । आफुलाई सुदूरपश्चिम र सुदूरपश्चिमका खेलाडीको बढी माया लाग्ने गरेको बताउँदै उनले यस क्षेत्रका लागि केही योगदान गर्ने इच्छा रहेको बताए ।

नेपाल सितोरियो कराते संघ कैलालीका अध्यक्ष भोजबहादुर बमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन प्रशिक्षक केशबबहादुर वडुवालले गरेका थिए भने बरिष्ठ खेलाडी विमल कठायतले स्वागत मन्तव्य व्यक्त गरे ।

तीन जना सम्मानित

नेपाल सितोरियो कराते संघ कैलालीले खेल क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका तीन जनालाई सम्मान गरेको छ ।

सम्मान हुनेमा करातेका पूर्व प्रशिक्षक ज्ञानेश्वर राई, कैलाली जिलला खेलकुद विकास समितिका अध्यक्ष तथा कराते प्रक्षिक ललित खत्री र ८ औं साफ च्याम्पियन शिपमा पदक विजेता एवं कराते प्रक्षिक मकेन्द्र बहादुर सिंह रहेका छन् ।

उनिहरु तीनै जनालाई प्रदेशसभा सदस्य डिललीराज पन्त र नेपाल सितोरियो कराते संघ कैलालीका अध्यक्ष भोजबहादुर बलमे दोसल्ला सहित प्रमाण्पत्र दिएर सम्मान गरेका थिए । 

यका जोडबलबाट मात्रै खेल क्षेत्रले केही प्रगति गरेको बताउँदै प्रदेशसभा सदस्य पन्तले