धनगढी पोष्ट
आइतबार, १४ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा धनगढीका एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका–७ का ८८ बर्षिय पुरुष रहेका छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार सम्म सेती अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचाररत ९ जना मध्य ५ जनाको आइसियु र १ जनाको भेण्टिलेटर कक्षमा उपचार भइरहेको छ ।