धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिम सरकारको नेतृत्वमा दावी गर्ने नेकपा एस संसदिय दलको निर्णय

नेकपा एकिकृत समाजबादी पार्टी प्रदेश सभा संसदिय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीका अनुसार प्रदेश सभामा ठुलो दल भएपछि सरकारको नेतृत्व पाउनुपर्ने माग आएपछि आवश्यक पहलका लागि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो ।

सुदूरपश्चिम सरकारको नेतृत्वमा दावी गर्ने नेकपा एस संसदिय दलको निर्णय
नेकपा एकिकृत समाजबादी पार्टी प्रदेश सभा संसदिय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारी

धनगढी ।  सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय नेकपा एकीकृत समाजवादी सुदुरपश्चिम संसदिय दलले निर्णय गरेको छ । 

सुदुरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल भएका कारण सरकारको नेतृत्व गर्न पाउनु पर्ने भन्दै शुक्रवार बसेको नेकपा एस संसदिय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

नेकपा एकिकृत समाजबादी पार्टी प्रदेश सभा संसदिय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीका अनुसार प्रदेश सभामा ठुलो दल भएपछि सरकारको नेतृत्व पाउनुपर्ने माग आएपछि आवश्यक पहलका लागि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो ।

एकिकृत समाजबादी पार्टी संसदिय दलको शुक्रबार बसेको बैठकले आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउनुपर्ने माग राख्दै केन्द्रलाई पत्राचार गर्ने निर्णय गरिएको छ, संसदिय दलका नेता तथा मन्त्री सोडारीले भने,‘केन्द्रको राय अनुसार आगामी रणनीति तय हुने छ । उनले बैठकका थप निर्णय भने भोलि (सोमबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।

नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिममा आउदा पनि त्यसको केही संकेत देखाएका थिए । गत बिहीबार कञ्चनपुर पार्टी कार्यालय उद्घाटन गर्न सुदूरपश्चिम आउने क्रममा अध्यक्ष नेपालले धनगढी विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तन भए ठुलो दलका हैसियतले त्यसको नेतृत्व नेकपा एसले गर्ने बताएका थिए ।