धनगढी पोष्ट
आइतबार, १४ कार्तिक २०७८ मा प्रकाशित
कञ्चनपुर । कन्चनपुरको भीमदत्त नगरपालिकामा ४ बर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले ५० बर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका १६ परखेडीका ५० वर्षीय करन सिंहलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।