धनगढी पोष्ट
सोमबार, १५ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका बाट एक लाख ८० हजार नगद सहित १८ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–६ स्थित स्थानीय बालाराम चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख ८० हजार ७ सय ५० नगद सहित १८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ का ३६ वर्षीय शुनिल चौधरी, ३८ बर्षिया टेकबहादुर रोकाया, व३८ बर्षिया चन्द्र सापकोटा, ३३ बर्षिया हेमबहादुर बम, ४६ बर्षिया विन्द्र थापा रहेका छन् ।
यसैगरी २९ बर्षिया बरुण शमसेर राणा, ३२ बर्षिया आनन्द गौतम, ४० बर्षिया महेश डगौरा थारु, ४३ बर्षिया दिपक कुमार बुढा, ३० बर्षिया कमल बुचा मगर र ३६ बर्षिया ईन्द्र भण्डारी पनि जुवा खालबाट पक्रा परेको प्रहरीले जनाएको छ ।
जुवाखाल बाटै ४२ बर्षिया खुमेन्द्रबहादुर सापकोटा, ४१ बर्षिया अरुण शमसेर राणा, ४३ बर्षिया को लक्ष्मण कुवर, २९ बर्षिया विरेन्द्र भण्डारी, ४२ बर्षिया मेघराज सापकोटा, ३४ बर्षिया शिवराज सापकोटा र लम्कीचुहा नगरपालिका–१० का ३२ वर्षीय तपेन्द्र भण्डारी पनि पक्राउ परेका छन् ।