धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
नेकपा एकिकृत समाजबादी पार्टीको पर्थम प्रदेश कमिटि बैठक

आगामी माघ सम्म सुदूरपश्चिमको नेतृत्व एसले गर्छ : प्रदेश इन्चार्ज शाह

आगामी माघ सम्म सुदूरपश्चिमको नेतृत्व एसले गर्छ : प्रदेश इन्चार्ज शाह

धनगढी । नेकपा एकिकृत समाजबादी पार्टीकी प्रदेश इन्चार्ज गरिमा शाहले आगामी माघ सम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नेे दावी गरेकिछिन् ।

पाँच दलिय गठबन्धनमा सहभागि दलले नेतृत्व पाएका प्रदेशमा माघ देखी नेतृत्व हेरफेर हुने बताउँदै उनले त्यसो भएमा सुदूरपश्चिमको नेतृत्व नेकपा एसले गर्ने उनको बताइन् ।

माघ फागुन देखी सवै प्रदेशमा सरकारको नेतृत्व फेरबदल हुने छ, प्रदेश इन्चार्ज शाहले भनिन्,‘ यो गठबन्धन दल विच भएको सहमतिनै हो, त्यस अनुसार ठुलो दलको हैसियतले सुदूरपश्चिमको नेतृत्व नेकपा एसले गर्ने छ । सुदूरपश्चिममा सरकारको नेतृत्व आफ्नो पार्टीले पाउने गरी शत्ता गठबन्धन संग आवश्यक छलफल गर्न नेकपा एसको केन्द्रिय कमिटिसंग आग्रह गरिने उनले बताइन् ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एस सवैभन्दा ठुलो दलबनेको छ, नेकपा एकिकृत समाजबादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटिको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न सेमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘ठुलो दलको हैसियतले सरकारको नेतृत्वका लागि दावि गर्नु स्वभाविक हो ।