धनगढी पोष्ट
मङ्गलबार, १६ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेको १० औं महाँधिवेसन अन्तरगत सोमबार देखी भएको पालिका स्तरिय अधिवेसनले कैलालीका ४ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
कैलालीका १३ पालिका मध्य भजनी नगरपालिका बाहेक १२ पालिकामा सोमबार देखी नगर अधिवेसन सुरु भएको थियो । अधिवेसनले कैलालीको चुरे गाउँपालिका, गौरिगंगा नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए ।
उनका अनुसार कैलालीको चुरे गाउँपालिका अध्यक्षमा चक्र बोगटी, गौरिगंगा नगर अध्यक्षमा शान्ति सिंह, जोशीपुर गाउँपालिका अध्यक्षमा केशर डगौरा चौधरी र जानकी गाउँपालिका अध्यक्षमा खगेन्द्र भण्डारी सर्व सम्मत चयन भएका छन् । अन्य पालिकामा आज वेलुका सम्म नेतृत्व चयन हुने कैलाली अध्यक्ष थापाले बताए ।
उनका अनुसार कैलालीको भजनी नगरपालिकामा भने सोमबार अधिवेसन सुरु भएन । भजनीका केही वडामा बाढीका कारण वडा अधिवेसन गर्न नसकिएका हुँदा पालिका अधिवेसन नभएको उनले बताए । भजनीमा तिहार पछि पालिका अधिवेसन हुने अध्यक्ष थापाले बताए ।