धनगढी पोष्ट
मङ्गलबार, १६ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । राष्ट्रिय तथा विदेशमा सहजै पैसा ट्रान्फर गर्दै आएको आइएमई लिमिटेडले धनगढीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
धनगढी स्थित नैनादेवी चौकमा स्थापना गरिएको आइएमई सेन्टरको नाम नवदुर्गा बीज लाईन (एनबिएल) राखिएको छ । नयाँ आउटलेटको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका हुन् । कार्यक्रममा आइएमई लिमिटेडका प्रदेश प्रमुख सञ्जय कोइराला, नवदुर्गा प्रेसका संस्थापक अर्जुन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
आइएमईको नयाँ आउटलेटबाट रमक ट्रान्सफर, विद्युत, खानेपानी, टेलिफोन जस्ता इ–सेवामा आबद्ध संस्थानको विल भुक्तानि, मोवाईल रिचार्ज, लगाउत सेवा प्रदान गरिने कार्यक्रमका सञ्चाmक शैलेन्द्र श्रेष्ठले बताए ।