धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढी र महेन्द्रनगरबाट हवाई उडानको अनुमति दिन भारतीय प्रधानमन्त्री संग देउवाको आग्रह

धनगढी र महेन्द्रनगरबाट हवाई उडानको अनुमति दिन भारतीय प्रधानमन्त्री संग देउवाको आग्रह

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी र महेन्द्रनगर सहित देशका ४ विमानस्थलबाट हवाई उडानका लागि अनुमति दिन भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीसंग आग्रह गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा पुगेका प्रधानमन्त्री देउवा र सोही सम्मेलनमा भागलिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि विच मंगलबार भेटवार्ता भएको थियो ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेका थिए । भेटवार्तमा प्रधानमन्त्री देउवाले अनुरोध गरे पछि भारतीय प्रधानमन्त्रीले नेपालको आवश्यकता अनुसार सहयोग गर्ने आस्वासन दिएको सचिव मुकुन्द शर्मा पौडेलले बताए ।

नेपालले अनुरोध गरिराखेको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज इन्ट्री गर्ने प्वाइन्ट स्वीकृति दिनुपर्यो भन्ने कुरा प्रधानमन्त्री देउवाले गर्नुभएको थियो, सचिव पौडेलले भने,‘जवाफमा भारतका प्रधानमन्त्री देउवाले नेपालको आवश्यकता, र खाँचोलाई भारतले सकारात्मक रुपमा हुर्ने जवाफ दिनुभयो ।

नेपाल र भारतबीच पछिल्लो समय दार्चुलामा एसएसबीले तुइन खुस्काइदिंदा जयसिंह धामी बेपत्ता भएको घटना, सीमा समस्या लगायतका विषयबारे भने छलफल भए नभएको कुरा नेपाल र भारत दुबै देशका अधिकारीहरुले खुलाएका छैनन् ।