धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कोरोनाको नियन्त्रणको ठोस काम नभएसम्म प्रदेश सभा बैठक अबरुद्ध रहन्छ ; प्रपिक्ष दल

कोरोनाको नियन्त्रणको ठोस काम नभएसम्म प्रदेश सभा बैठक अबरुद्ध रहन्छ ;  प्रपिक्ष दल

धनगढी

  सुदूरपश्चिममा फैलिदै गएको कोरोना भाईरस नियन्त्रणका लागि ठोस योजना नल्याउँदा सम्म प्रदेश सभा बैठकको अबरोध जारी रहने प्रतिपक्ष दलले निर्णय गरेका छन् । केही दिनदेखि लगातार प्रदेश सभा बैठक अबरुद्ध गरिरहेका प्रतिपक्ष दलले सरकारको गैर जिम्मेवारीका कारण सुदूरपश्चिममा कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले संसाद अवरुद्ध पारेको बताएका छन् ।

  सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्ष दल जनता समाजबादी पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरि कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारले ठोस कदम नचालुन्जेल प्रदेश सभामा रहेको अबरोध जारी रहने बताएका छन् ।

  प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले प्रदेश सरकार गैर जिम्मेवार हुँदा सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको आरोप लगाए । उनले भने– ‘कोरोना संक्रमितलाई निको नहुदै घर पठाएर प्रदेश सरकारले समुदायमा कोरोना संक्रमण फैलाउँदै छ, तत्काल निको नहुदै घर पठाएका संक्रमितलाई आईसोलेसनमा राखेर उपचारको ब्यबस्था गरियोस ।

  ‘कोरोना नियन्त्रणका नाममा सुदूरपश्चिममा ९३ करोड खर्च भइसकेको छ संसदिय दलका नेता रावलले भने– ‘एउटा पिसीआर मेशिनका भरमा परिक्षण भईरहेको छ, अर्को मेशिन थप्न माग ग¥यौं, तर अझै सुनुवाई भएन । उनले पटक पटक यी बिषयमा आवाज उठाउँदा पनि प्रदेश सरकारले वेवास्ता गरेकाले बाध्य भएर जनताको स्वास्थ्य सुरक्षाका  लागि प्रदेश  सभा  बैठक अबरुद्ध  गरेको  बताउँदै  यी माग   ठोस  रुपमा  कार्यान्वयन  नहुन्जेल अबरोध  नहटने  उल्लेख  गरे ।

  जनता समाजबादी पार्टीका साँसद कृष्ण कुमार चौधरीले प्रदेश सरकारले कोरोना रोकथाम र ब्यबस्थापन प्रभावकारी ढंगले गर्न नसकेका कारण बाध्य भएर प्रदेश सभा बैठक अबरुद्ध पारेको बताए । उनले भने– ‘योजना बाँडफाँट, नयाँ बजेट लगायत थुप्रै बिषयमा प्रदेश सरकारले गरेका काम प्रति असहमति छ, तर अहिलेको मुख्य बिषय कोरोना भाईरसबाट कसरी जनतालाई बचाउने भन्ने रहेकाले त्यसैमा हामी केन्द्रित छौं ।

  कोरोना भाईरस रोकथाम र ब्यबस्थापनमा सरकारले ठोस कदम नचाल्दासम्म प्रदेश सभाको अबरोध जारी रहने उनले बताए । दुबै प्रतिपक्ष दलले प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएको भोलिपल्ट देखि नै प्रदेश सभा बैठक अबरुद्ध पार्दै आएका छन् ।

 प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रदेश सभामा बजेटबारे छलफल अघि बढ्न सकेको छैन ।