धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025
नेकपा एमालेको १० औ. महाँधिवेसन

कैलालीका ७ पालिकामा नेतृत्व चयन, भजनीमा अधिवेसन भएन

कैलालीका ७ पालिकामा नेतृत्व चयन, भजनीमा अधिवेसन भएन

धनगढी । नेकपा एमालेको १० औं महाँधिवेसन अन्तरगत मंगलबार देखी सुरु भएको पालिका स्तरिय अधिवेसन अन्तरगत कैलालीका ७ पालिकामा नेतृत्व चयन गरिएको छ ।

नेकपा एमालेका कैलाली अध्यक्ष रतन थापाका अनुसार धनगढी उपमहानगरपालिका सहित कैलालीको गांष्रिगंगा नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व भएको छ ।

अध्यक्ष थापाका अनुसार गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएछन् भने धनगढीमा रामचन्द्र जोशीको अध्यक्षतामामा ८५ सदस्यीय कमिटी गठन भएको छ ।

यसैगरी जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जोशीपुर गाउँपालिकामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । चुरे गाउँपालिकामा चक्र बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ भने बर्दगोरियामा मधुकर सिजापतिको अध्यक्षतामा ६० सदस्यीय कमिटी गठन भएको अध्यक्ष थापाले बताए ।

उनका अनुसार कैलालीको भजनी नगरपालिकामा बाढीका कारण वडा अधिवेसन हुन नसक्दा मंगलबार पालिका स्तरिय अधिवेसन हुन सकेको छैन । भजनीमा तिहार पछि पालिका स्तरिय अधिवेसन सुरु हुने छ । अन्य ५ पालिकामा भने आज (बिहीबार) वेलुका सम्म नेतृत्व चयन भइसक्ने उनले बताए ।