धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

डडेल्धुरा, बैतडी र बझाङलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्छु : खाण

डडेल्धुरा, बैतडी र बझाङलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्छु : खाण
गृहमन्त्री बालकृष्ण खाँण

रासस

बझाङ   गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएका बझाङ लगायत सुदूरपश्चिमका डडेल्धुरा बैतडीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन्

बाढीपहिरोका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आएका मन्त्री खाँणले बाढीपहिरोका कारण बझाङलगायत डडेल्धुरा बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै संकटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताए

प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिरोबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गरे उनले प्रधानमन्त्री विदेशबाट फर्किसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे

उनले प्रभावित परिवारलाई प्रक्रिया र्पुयाएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिए बाढीपहिरो पीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रह समेत गरे

मन्त्री खाँणले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवार घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय समेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयलाई आग्रह गरे

कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिबारे जानकारी गराएका थिए प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिबारे मन्त्री खाँणलाई जानकारी गराएका थिए

जिल्लाको खप्तड छान्ना गाउँपालिका थलारा गाउँपालिकामा भएको बाढीपहिरोबाट भएको क्षतिबारे मन्त्री खाँणले निरीक्षण तथा अवलोकन गरेका छन्

गत असोज ३१ देखि कात्तिक गतेसम्म भएको बाढीपहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए बाढीपहिरोबाट हजारौं हेक्टर जमिन बगरमा परिणत हुनाका साथै झण्डै १०० भन्दा बढी परिवार विस्थापित भएका छन्