धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

चोरै डकैति नियन्त्रण धनगढीका लागि चुनौती बनेको छ : जैशी

चोरै डकैति नियन्त्रण धनगढीका लागि चुनौती बनेको छ : जैशी

धनगढी । धनगढीमा बढ्दो चोरी डकैति नियन्त्रण गर्नु प्रहरीको सुरक्षा चुनौती बनेको प्रहरीको भनाई छ ।

लागु औषध र मध्यपान सेवन कर्ता बढ्दा चोरीबढ्ने गरेको बताउँदै वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक गौरिप्रसाद जैशीले त्यसरी हुने चोरी सिकार नियन्त्रण गर्नु चुनौति बनेको बताए । वडा प्रहरी कार्यालय धनगढीले माथिल्ला सुरक्षा निकाय र स्थानीय नागरिकसंगको सहकार्यमा विशेष सुरक्षा योजना लागु गर्ने र चोरी नियन्त्रण गर्ने काममा लाग्ने उनको भनाई छ ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले पछिल्लो ३ महिनामा चोरीका घटना सबैभन्दा बढी प्रहरी कहाँ आएको बताए । उनका अनुसार लागुऔषध प्रयोग र कारोवार, यातायात भाडामा ठगी र मापदण्ड विपरित व्यवसाय सञ्चालन गर्नेहरु पनि ठुलो संख्यामा प्रहरीका कारबाहीमा परेका छन् ।

मुख्य बजारदेखि सीमावर्ती बस्तीमा हुने चोरीका घटना न्यनीकरण गर्न वडा प्रहरी कार्यालयले समुदायसंगको साझेदारीमा काम गरिरहेको जैशीले बताए । साथै उनले सीमानाका हुने चोरी तस्करी, लागुपदार्थ सम्वन्धी अपराध नियन्त्रणका लागि माथिल्ला निकायसंग सहकार्य भइरहेको उनले बताए । तिहार र छठलाई लक्षित गरी यात्रु सहायत कक्ष, मास्क वितरण लगायतका कामहरु निरन्तर गरिने उनले बताए । अपराध हुन नदिन विशेष योजना बनाएर काम गर्ने दावी उनको छ ।