धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024
नेकपा एमालेको पालिका स्तरिय अधिवेसन

सुदूरपश्चिमका ५४ पालिकामा नेतृत्व चयन

सुदूरपश्चिमका ५४ पालिकामा नेतृत्व चयन

धनगढी । नेकपा एमालेको १० औं महाँधिवेसन अन्तरगत भइरहेको पालिका स्तरिय अधिवेसनले सुदूरपश्चिमका ५४ पालिकामा नेतृत्व चयन गरेको छ ।

एमाले प्रलदेश कार्यालयका अनुसार बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी र दार्चुलाका ५३ स्थानीय तहको पालिका अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।

नेकपा एमालेका कैलाली अध्यक्ष रतन थापाका अनुसार कैलालीका १३ मध्य ७ पालिकामा नेतृत्व चयन गरिएको छ । धनगढी उपमहानगरपालिकासहित ७ स्थानीय तहमा सहमतिका आधारमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको अध्यक्ष थापाले बताए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी, गौरीगंगा नगरपालिकाको अध्यक्षमा शान्ति सिंह, चुरे गाउँपालिकाको मा चक्र बोगटी, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा मधुकर सिजापतियस्तै कैलारी गाउँपालिकामा अनुपा चौधरी, जानकी गाउँपालिकामा खगेन्द्र भण्डारी र जोशीपुर गाउँपालिकामा केशरबहादुर डगौरा अध्यक्षमा चयन भएका छन् ।

यसैगरी कञ्चनपुरका ९ मध्य ४ पालिकाले नेतृत्व चयन गरेको छ । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष बिरबहादुर थापाका अनुसार शुक्लाफाँटा नगरपालिकाको अध्यक्षमा भक्तराज जोशी, पुनर्वास नगरपालिकाको अध्यक्षमा पदम पुजारा, बेलौरी नगरपालिकाको अध्यक्षमा बाबुराम न्यौपाने, लालझडी गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश राना सर्वसम्मत भएका छन् ।

भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र बेल्डाँडी गाउँपालिकामा अधिवेशन जारी छ भने दोधाराचाँ दनी र कृष्णपुर नगरपालिकामा अधिवेशनको उद्घाटन बन्दसत्र तिहारपछि गर्नेगरी स्थगित गरिएको अध्यक्ष थापाले बताए ।

यसैगरी बैतडीका सबै १० वटै स्थानीय तहमा अधिवेशन सकिएको छ । दशरथचन्द नगरपालिकाको अध्यक्षमा अजबबहादुर पाण्डे, पाटन नगरपालिकाको अध्यक्षमा ललित ठगुन्ना, पुर्चौडी नगरपालिकाको अध्यक्षमा कर्णबहादुर धामी, मेलौली नगरपालिकाको अध्यक्षमा राजबहादुर चन्द, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा काशीसिंह विष्ट, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा प्रकाश चन्द, शिवनाथ गाउँपालिकाको अध्यक्षमा महेन्द्रबहादुर चन्द, यस्तै डिलासैनी गाउँपालिकाको अध्यक्षमा रघुवीर बोहरा, सुर्नया गाउँपालिकाको अध्यक्षमा राजेन्द्र भट्ट, र सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह धामी चयन भएको नेकपा एमाले बैतडीका सचिव लिलाधर भट्टले बताए ।

 ९ स्थानीय तह रहेको डोटीमा ७ वटा स्थानीय तहमा एमालेले अधिवेशन सम्पन्न गरेको छ । दिपायल सिलगढी नगरपालिकाको अध्यक्षमा कर्णबहादुर विष्ट, शिखर नगरपालिकाको अध्यक्षमा भीम बलायर, आदर्श गाउँपालिकाको अध्यक्षमा गोविन्द पार्की, सायल गाउँपालिकाको अध्यक्षमा केशवराज उपाध्याय, वडीकेदार गाउँपालिकाको अध्यक्षमा प्रकाश धामी, जोरायल गाउँपालिकाको अध्यक्षमा तीर्थ भण्डारी र बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा खेम घर्ती मगर चयन भएको जिल्ला अध्यक्ष चक्र मल्लले बताए । केआईसिंह गाउँपालिकामा अधिवेशन जारी छ भने पूर्वीचौकी गाउँपालिकामा सहमती नजुट्दा केही दिनका लागि स्थगित गरिएको छ ।

यसैगरी डडेल्धुराका ७ मध्ये ५ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा गणेश कठायत, परशुराम नगरपालिकाको अध्यक्षमा ओमप्रकाश जोशी, अजयमेरु गाउँपालिकाको अध्यक्षमा राज पाल, भागेश्वर गाउँपालिकाको अध्यक्षमा दीपक महता र आलिताल गाउँपालिकाको अध्यक्षमा अमर पुन सर्वसम्मत चयन भएको छ । नवगदुर्गा गाउँपालिकामा बिहीबार र गन्यापधुरा गाउँपालिकामा अगामी कात्तिक २२ गते अधिवेशन गर्न कार्यसूची तय गरिएको छ ।

दार्चुलाका ६ स्थानीय तहमा पनि पालिका अधिवेशन सम्पन्न भएको छ । महाकाली नगरपालिकाको अध्यक्षमा नरसिंह चैसिर, दुहु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर बम, ब्याँस गाउँपालिकाको अध्यक्षमा मंगलसिंह धामी, नौगाड गाउँपालिकाको अध्यक्ष जनकसिंह ठगुन्ना, मार्मा गाउँपालिकाको अध्यक्षमा धिरेन्द्र विष्ट र अपी हिमाल गाउँपालिकाको अध्यक्षमा टोखरसिंह रोकाया चयन भएका छन् । लेकम गाउँपालिकामा बिहीबार र मालिकार्जुन गाउँपालिकामा शुक्रबार अधिवेशन गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ ।

यसैगरी बाजुरका ९ मध्य ८ पालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले बडिमालिका नगरपालिकाको अध्यक्षमा धर्मराज पाध्याय, बुढीगंगा नगरपालिकाको अध्यक्षमा नरेन्द्र थापा, बुढीनन्दा नगरपालिकाको अध्यक्षमा जंगबीर रोकाया, गौमुल गाउँपालिकाको अध्यक्षमा देवबहादुर रोकाया सर्वसम्मत चयन भएका छन् । यस्तै त्रिवेणी नगरपालिकामा कविराज बुढा अध्यक्षमा चयन भएका छन् । भने, हिमाली गाउँपालिकामा बन्द सत्र जारी रहेको छ ।

उता १० स्थानीय तह रहेको अछामका ७ वटामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । एमाले अछामका कार्यालय सचिव लीलाराज केसीका अनुसार मंगलसेन नगरपालिकाको अध्यक्षमा बिर्ख बोगटी, कमलबजार नगरपालिकाको अध्यक्षमा खेमराज जोशी, साँफेबगर नगरपालिकाको अध्यक्षमा ललित कुँवर, बान्नीगढ जयगढ गाउँपालिकाको अध्यक्षमा हर्कबहादुर साउद, ढकारी गाउँपालिकाको अध्यक्षमा अमरबहादुर बुढा, तुर्माखाद गाउँपालिकाको अध्यक्षमा गौमती शाही र  मेल्लेख गाउँपालिकाको अध्यक्षमा केशरबहादुर साउद सर्वसम्मत भएका छन् । यसैगरी रामारोशन गाउँपालिकामा बन्दसत्र जारी रहेको छ भने चौरपाटी गाउँपालिकामा बुधबार मात्र अधिवेशन शुरु भएको सचिव केसिले बताए ।

८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशका बझाङका १२ सहित ३५ स्थानीय तहमा अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ । बाढीपहिरोका कारण बझाङमा वडा अधिवेशनमै ढिलाइ भएको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।