धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

मेलौली नगरपालिकाद्धारा  एकल पुरुषलाई मासिक भत्ता

बैतडी ।  बैतडीको मेलौली नगरपालिकाले  एकल पुरुष भत्ता दिंदै आएको छ । श्रीमतीको मृत्युपति पुरुषले गर्ने बिवाह रोक्ने नगरवालिकाले  बिदुर भत्ता दिन थालेको हो ।    

बैतडीको मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाका अनुसार ०७४ कात्तिकदेखि नगरपालिकाले एकल पुरुष भत्ता वितरण गर्न थालेका हो । सुरुवाती वर्षमा एक हजार रुपैयाँ वितरण गर्न थाले पनि यो वर्षबाट भने बढाएर दुई हजार रुपैयाँ पु¥याएको छ ।

नगरपालिकाका ९६ जना ५० देखि ६० वर्षसम्म उमेर समूहका एकल पुरुषले यो भत्ता पाउँदै आएका छन् । नागरिकता, वडाको सिफारिस भएका व्यक्तिलाई हामीले बैंक खातामा चौमासिक रूपमा विदुर भत्ता पठाउने गरेका छौं उपमेयर ओझाले भनिन्  साना बालबच्चा हुन्छन् । महिलाले हुर्काइ बढाई गरेर बस्छन् । तर पुरुषहरू विवाह गरिहाल्छन् । त्यही भएर यस्ता विवाह रोक्न र यति रकमले उनीहरूलाई केही सहज हुन्छ कि भनेर प्रदान गर्न थालेका हौ ।

यो रकम लिने एकल पुरुषले विवाह गरेमा भत्ता रद्द हुने उनले बताइन् । भत्ता रकम कार्यपालिका बैठकले निर्णय गरेर नै प्रदान गर्न थालिएको हो । मैलौली दुई सय ९३ नगरपालिका मध्ये एकल पुरुष भत्ता वितरण गर्ने पहिलो नगरपालिका हो ।