धनगढी पोष्ट
मङ्गलबार, २३ कार्तिक २०७८ मा प्रकाशित
काठमाडौं । एमालेका उपाध्यक्ष भीम रावलले आज (मंगलबार) हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध र अमान्य हुने ठहर गरेका छन् ।
बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तर पार्टी निर्देशन ( अपानि ) १२ विपरीत भएको उनको भनाइ छ ।
रावलले सामाजिक संजाल मार्फत बैठकको विरोध जनाएका छन् । रावलले बैठक नै अवैध भएकोले निर्णय पनि अवैध र अमान्य हुने उनको भनाइ छ । उनले अपानि १२ झापामा लागू हुने तर, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि < ’